तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

तनहुँ | साउन १९, २०७९

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा तस्बिर साभार

 

कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको बताउनुहुन्छ, व्यास नगरपालिका-४ का आशकुमार  श्रेष्ठ । वि.सं २०३२ मा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्नेमा उहाँ पहिलो नै व्यक्ति हुनुहुन्छ । 

 

अन्य महिनामा बीस/पच्चीस जना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुर्ई/तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी छोराछोरी पढाउन सहरमा र बुढाबुढी मात्रै गाउँ रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उहाँको भनाइ छ  । 

 

पहिला पहिला बिहानदेखि रातिसम्म ८/९ मुरी तोरी पेल्नको लागि चार जनशक्ति राख्ने गरिएकामा  अहिले मुस्किलले दुई जना छन् । सञ्चालन श्रेष्ठ भन्नुहुन्छ,  “भएका दुई कर्मचारीलाई पनि पारिश्रमिक दिन कठिनाइ भएको छ ।”पछिल्लो समय तोरीका साथै गहुँ,मकैलगायत पनि पिस्ने गरिएको छ ।


पछिल्लो समयमा गाउँ–गाउँमा मिल सञ्चालनमा रहेका कारण पनि सदरमुकामसम्म तोरी पेल्न आउनेको सङ्ख्या घट्दै गएको हुन्  । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्